• २०८२ बैशाख १६ गते मङ्गलवार

अँध्यारोबाट मुक्त गर्न १२० घरधुरीलाई सोलार

राजेन्द्र बहादुर रोकाया पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३१, बाजुरा । जिल्लाको हिमाली गाउपालिकाको पहलमा १२० सोलार बितरण गरीएको छ । गाउपालिकाको वडा नं। १ र ३ मा १२० घरधुरीलार्ई सोलार बितरण गरीएको गाउपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताउनुभयो ।

गाउपालिकाको केन्द्र धुलाचौरबाट २ दिनको पैदल यात्रा पछि भटिने उक्त २ वडाका दलित र जनजातीको लागी सोलार सहयोग गरीएको हो । उक्त दुई वडामा बिद्युतको सम्भावना नभएपछि बैकल्पिक उर्जा प्रर्बद्धन केन्द्रको सहयोगमा गाउपालिकाको वडा नं। १ र ३ का जनजाती र दलितका लागी सोलार सहयोग गरीएको हो । अँध्यारोमा बस्दै आएका १२० घरधुरीलाई सोलार सहयोग गर्न पाउदा आफु खुसि भएको अध्यक्ष मल्लको भनाई छ । अध्यक्ष मल्लका अनुसार अँध्यारोमा कामकाज गर्दै आएका स्थानीलाई काम काजमा समेत सहज हुने भएको बताउनुभयो । १ लाख ६५ हजार बरावरका सोलार आज गाउपालिकाका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले सम्बन्धीत ब्यक्तिलाई हस्तान्तरण गर्नुभएको छ ।

आफु गाउमा बर्षौ देखि अँध्यारोमा बस्दै आएको र गाउपालिकाको पहलमा बैकल्पिक उर्जा प्रर्बद्धन केन्द्रको सहयोगमा सोलार पाउदा आफुलाई खुसिको महसुस भएको हिमालि गाउपालिका ३ कास्थानीय बलुङ गरुङ्गले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस