• २०८० मङ्सिर १२ गते मङ्गलवार

कोरोना त्रास र ग्रामिण महिलाको अबस्था

लक्ष्मी अर्याल लामिछाने पढ्न लाग्ने समय : २ मिनेट

कोरोना भाइरस चीनको बुहान राज्यबाट शुरु भएको भन्ने छ । यसले अहिले विस्वलाइ नै त्रसित बनाएको छ । मानिसहरुमा यो रोगको त्रासले गर्दा मानसिक अबस्था पनि बिग्रिएको छ । बालबच्चाहरुमा पनि नकारात्मक प्रभाव परेको छ । बालबालिकाहरु बढी एकान्तप्रिय भएका छन किनकी घर भित्र मात्र बस्ने, सामाजिक दुरी कायम राख्ने गर्नाले टि भि, मोबाइल, ल्यापटप, कम्पुटर भित्र नै अल्झिन्छन । बोलायो भनेपनी बोल्न गार्हो भइरहेछ ।

कोरोनाले गर्दा महिलाहरुलाइ पनि असर परेको छ । अफिसमा काम गर्नेहरुको लागि पनि सार्है असर परेको छ । गृहिणिलाइ भने कामको कुरा घटेको छैन । रोगआग्छ कि भन्ने डर मात्र हो । आफ्नो नित्य कर्म सधै एकनास नै हो महिलाको लागि किनकी घरको काम, खेतिपाती गर्नेहरुको लागि त झन गार्हो छ । बच्चा, बृद्दहरुको साथै घरमा परिवार संख्या धेरै हुनु, तिनको लागि खानाको ब्यबस्था गर्नु, लत्ता कपडा धुनु बस्तुलाइ घाँस कुडो पानी खुवाउनु आदि कामको ब्यस्तताले गर्दा महिलाको जीवन सधै ब्यस्तताको घडिमा रुघिरहेको हुन्छ ।

गाउँ घरको खेती पातीलाइ झन्झटिलो ठानी सुख सुबिधाको लागि शहर बजार धाउनेहरुको लागि पनि कोरोनाको कहरले गर्दा अहिले गाउँ जान बाध्य भएपनि शहरिया जिवनको लवाइ खुवाइले झन गाउमा के काम गर्ने जागर पलाएको होला र रु तर गांउका महिलालाई भने आफ्नो जिवनको ब्यस्तता जहाको तहि नै हो ।

उता बिदेसबाट आएका आफन्तहरुबाट रोग सर्ने हो कि भन्ने डर एकातिर छ भने आफन्तको माया अर्कोतिर ।

प्रतिक्रिया दिनुहोस