• २०८१ पुष २९ गते सोमवार

“काम कुरो एकातिर, कुम्लो बोकी ……….तिर”

खिमराज गिरी पढ्न लाग्ने समय : ४ मिनेट

आज ऐतिहासिक दिन, सरकारले लिम्पियाधुरासहित समेटिने गरि नंया राजनीतिक तथा प्रशासनिक नक्सा सार्बजनिक गरेलगत्तै निशानाछाप परिवर्तनका लागि संसदमा दर्ता गरेको संविधान संशोधन बिध्येयक आज पारित हुने भएको छ ।

यो नेपालको इतिहासमै एक खुशिको कुरा हो र यस संविधान संशोधनमा सबै दलको एकमत देखिएको छ । यसले के देखाउछ भने राष्ट्रियताको सवालमा देसमा जब संकट आइपर्छ तब सबै एकजुट हुनुपर्छ भन्ने सन्देस पनि हो । यसरी वर्तमान सरकारले हाम्रो देसको सीमना भित्र्याउनको लागि बैधानिक बाटो पनि तय गरेको छ । बिगतका शासकले पद, पावर र पैसाका लागि देसको अश्मिता नै बेच्नपछि नपरेकाले पनि आज हामी भारतको सामु नतमश्तक बन्नुपरेको हो ।

एकातिर अब कुनैपनि हालतमा हामीले आफ्नो अस्तित्वलाइ कायम राख्दै परनिर्भरतालाइ त्यागी स्वावलम्बी बन्नैपर्दछ भने अर्कोतिर विश्व कोरोनाको कहरमा जुधिरहेको बेला नेपाल पनि यसबाट अछुतो भने रहेको छैन ! दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ ! सरकारसामु यतिखेर धेरै समस्याहरु चुनौतीका रुपमा देखापरेका छन । भारतबाट नेपालीहरुको आगमन ज्यादा भएकोले तिनको ब्यबस्थापन गर्नुपर्ने जरुरी देखिन्छ । कोरोनाको समस्या, बजेट प्रस्तुत यहि बेला, विदेशिएका युवाहरुको आगमनलाइ ब्यबस्थित गर्नुपर्ने, हरेक स्थानिय तहमा ब्यबस्थित क्वारेन्टाइन, कोरोना संक्रमित नागरिकको उपचार, पिसिआर टेस्टको दायरा बढाउनुपर्ने, गाँस, बाँस, कपास, शिक्षा, बेरोजगार, कृषिलाई सम्बोधनलगायत धेरै समस्याहरु सरकारकासामु छन र यसको समाधानको लागि सरकार लागिपरेको अबस्था पनि छ ।

हुन त जुनसुकै धनी देसका सरकारका पनि कमि कमजोरीहरु हुन्छन भने नेपाल एक विकासोन्मुख देस हो र बिगत लामो समयको राजनैतिक, सामाजिक, आर्थिक पाटोका संघर्षपश्चात् देसमा गणतन्त्र स्थापना भइ हाल नेकपाको सरकारले बिगतका केही कमि कमजोरीहरुलाइ सच्च्याउंदै अगाडि बढिरहेको समयमा कोरोनाको सन्त्रासले अन्य बिकासको कामलाइ बाधा पार्नु स्वभाविकै हो तर देसमा जब जब संकट आइपर्छ तब तब सबै राजनीतिक दल, बुद्दिजीवी, आम नागरिकको कर्तब्य भनेको सरकारलाइ हरेक कुरामा सघाउने हो र सरकार पनि सबै बर्गको सुझाब समेटेर पारदर्सीरुपमा काम गर्दै अगाडि बढ्नुपर्ने हुन्छ र आम नागरिकको बुझाइमा गरेको पनि छ । तर अहिले सरकारले भारतद्वारा मिचिएको भूमी फिर्ता ल्याउनको लागि आजमात्र एक ऐतिहासिक निर्णय गर्दै गर्दा संसदलगायत बाहिर सडकमा केही तत्वहरुद्वारा सरकारको काम कारवाहीमा नचाहिदो प्रोपोगान्डा फैलाइदै गरिएको छ ।

गत केही दिनदेखि एउटा सामाजिक संजालमा आव्हान गरिएको भरमा देसका केही शहरहरुमा केही युवा जमातहरुले स्वतस्फुर्त आन्दोलन गरिरहंदा उनिहरुको माग कोरोना नियन्त्रणको लागि पिसिआर टेस्टको दायरा बढाउनुपर्ने, खर्चको हिसाब किताब, लकडाउन खोल्नुपर्ने आदि मागहरु भएको र केही युवाहरुको सामाजिक दुरी कायम पनि थियो तर त्यो भिडमा अझ केही फरक किसिमका मानिसहरु पनि देखिए कि, न तिनिहरुको राजनीतिक एजेन्डा थियो न त केही उद्देश्य नै ।

प्ले कार्ड पुरै अङ्रेजी शब्दहरुले भरिएका थिए “Enough is Enough Covid 19, Power of the people is stronger then the people in power ” अनि कुनै प्ले कार्डमा त ” केटी हेर्न आएको” जस्ता शब्दहरु पनि प्रयोग गरिएका थिए । यतिमात्र होइन धमिलो पानीमा माछा मारी दलिय स्वार्थको लेप लगाउने प्रयत्न गर्दै सरकारको काम कारवाहीप्रति नकारात्मक सन्देश दिनको लागि केही राजनीतिक दलका भात्रृ संगठनका केही नेताहरुको पनि उपस्थिती देखिनुले यहाँ के स्पश्ट देखिन्छ भने एकातिर देसको महत्वपूर्ण भुभाग फिर्ता ल्याउनको लागि जनताको अगाडि बाध्यताले समर्थन जनाएजस्तो पनि गर्ने, अर्कोतिर ठुल्दाइ रिसाउन्छन कि भनी संसदको बैठकमा आफ्नो अतितको पाप पखाल्न सरकारलाइ अनाहकमा तुक न बेतुकको दोषारोपण गरि जनताको अगाडि म संस्कारी र धर्मती हुं भन्ने भान पनि पार्न खोज्नुले कतै यो प्रपन्च तिनैले रचेका त होइनन जो सरकार फेल गराउन जनतालाइ भ्रामक समाचार पोषण गर्न ब्यस्त छन । तर उनीहरुको असली रुप जनताले पक्कै पनि बुझ्नेछन ! त्यसैले अहिले काम कुरा एकातिर छ, सरकारलगायत सबै नागरिक उत्तिकै सचेत हुनु जरुरी छ ।

कोरोनाको कहरले जीवन आक्रान्त बनाइरहेको बेला सामाजिक दुरी कायम राख्दै लकडाउन आंशिक खुलेपनि अत्याबश्यक कामबाहेक बाहिर ननिस्कनु नै बेस हुने कुरालाइ हरेक सचेत नागरिकले मध्यनजर राख्नुपर्ने बेलामा त्यो अनाबश्यक भिडमा जम्मा भइ “बेला न को बेला बजिनिको मेला” भने जस्तो सरकारले खर्चको हिसाब किताब त एकदिन अबस्य दिनैपर्छ , पिसिआर टेस्टको दायरा पनि बढाउनै पर्छ, मापदन्डनुरुपको ब्यबस्थित क्वारेन्टाइन पनि बनाउनै पर्छ, यी लगायत जनता र राज्यसंग सम्बन्धित हरेक कुराहरुको सम्बोधन सरकारले गर्नै पर्छ र यदि सरकार गलत बाटो हिड्छ भने केही नेता तथा बुद्दिजीवी, युवाहरु मिलेर सरकारसंग प्रत्यक्ष वार्ता गर्न सक्छन र सरकारले पनि निश्पक्षरुपमा काम गर्ने प्रतिबद्दता ब्यक्त गर्नुपर्दछ ।

अन्यथा कोरोनाको कहरको बेला यो भिडले कतै फेरि इटालीको ईतिहास त दोहोर्याउदैन ? अनि सडकमा रुसका रास्ट्रपतिको जस्तो कारुणिक रोदन त सुन्नुपर्ने होइन ? अनि कतै फेरि अमेरिकी रास्ट्रपति र भारतका पि एम मोदीजस्तै जे गर्छौ गर , रेल खुलाउ, बजार खुलाउ , भेला हौ , आर्थिक संकट नटार भन्दा आज कस्तो स्थिती भएको छ , हेर्नुहोस त त्यो कारुणिक रोदन अनि चिच्याहट !

त्यसैले जीवन रहे हिसाब किताब गरौला, भ्रस्टाचार भएको भएपनि ठेगान लगाउला तर कृपया एकपटक युरोप, अमेरिका र भारततिर फर्केर हेर्नुहोस न कि कसैको इसारामा नबहकि सामाजिक दुरी कायम राख्दै आफ्नो कार्य सुचारु गर्नु नै उपयुक्त होलाकी अन्यथा “काम कुरो एकातिर , कुम्लो बोकी ठिमीतिर” जस्तो भएन र !

प्रतिक्रिया दिनुहोस