• २०८१ कार्तिक १८ गते आइतवार

बलात्कारको अभियोगमा १८ वर्षिय युवक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ३१, नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नं. १द्द चारघरे बस्ने वर्ष १८को केदार पौडेललाई नुवाकोट प्रहरीले जवरजस्ती करणीको अभियोगमा पक्राउ गरेको छ ।

उनले बेलकोटगढी नगरपालिका वडा नं. ५ बस्ने ‍बर्ष १५ कि बालीकालाई फोन सम्पर्क मार्फत भेट्न बोलाई ललाई-फकाई चक्लेट भनि झुक्काएर आकस्मिक गर्भ निरोधक चक्की (ईकोन) खान दिई यौन सम्पर्क गर्न नदिए आफु मरिदिन्छु भनि डर देखाई जवरजस्ती करणी गरेका थिए ।

उनले बेलकोटगढी न.पा वडा ५, कोटथोक स्थित बालिकाको मकैबारीमा रहेको ढुङ्गाको ओडारमा जबरजस्ती करणी गरेको भन्ने बालिकाको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको नुवाकोट प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस