बैशाख ३१, मुगु । कोराना भाईरसको संक्रमण नफैलियोस् भनेर नेपाल सरकारले चैत ११ गतेदेखि देशभर लकडाउनको घोषणा गरिएको भए पनि मुुगुका ग्रामीण क्षेत्रमा त्यसको प्रभाव देखिएको छैन । नेपाल सरकारले लकडाउनको घोषणा गरी नागरिकलाई होम क्वारेन्टाईनमा बस्न आग्रह गरेको भए पनि लकडाउनको उल्लंघन गरी नागरिकहरू रहर जस्तो मान्ने गरेका छन् भने कसैले लकडाउनका बारेमा जानकारी नभएर छाडा रूपमा हिँडडुल गरेका छन् ।
ग्रामणी भेगमा बस्ने नागरिकले लकडाउनका बारेमा बुझ्न नपाएर पनि गाउँमा प्रभाव नपरेको हो । बजार क्षेत्रमा लकडाउनको पालना गर्ने गरेका भए पनि गाउँमा कुनै पालाना भएको छैन् । तर, गाउँघरमा लकडाउनको वास्ता नगरी नागरिक काममा व्यस्त देखिएका छन् । घर लिप्नदेखि लिएर वर्षेबाली धान, कोदो लगाउँनकमा नागरिक व्यस्त छन् ।‘बिहानैदेखि खेतबारीको काममा व्यस्त छौँ’ छायाँनाथ रारा नगरपालीकाका दन्तु बिकले भने ।
गाउँघरमा लकडाउनका बारेमा नागरिकले थाहा नपाएपछि छाडारूपमा हिँड्ने गरेका छन् । लकडाउनको समय घरमै सुरक्षित बस्ने, भीडभाडमा नजाने, नियमित सरसफाई गर्नेजस्ता क्रियाकलाप गर्न नेपाल सरकारले होम क्वारेन्टाइनमा बस्न आग्रह गरेको भएपनि गाउँमा जनचेतनाको अभावले नागरिक छाडारूपमा हिँड्ने, हात नधोई खाना खाने, भीडभाडमा जाने गरेका छन् । सदरमुकमा गमगढीमा भने सबैले लकडाउनको पालना गरेर बजार सुनसान बनेको छ । प्रहरी प्रशासन पनि बजार क्षेत्रमा परिचालित छन् ।