बैशाख ३१, बाजुरा । नेपाल बिद्यार्थी संघ बाजुराले शान्तिपूर्ण विराेध गरेकाे छ । लिपुलेक अतिक्रमण गरि भारतले गरेको राजमार्ग निर्माणका बिरुद्ध जिल्लामा शान्तिपूर्ण बिराेध प्रदर्शन गरेकाे नेपाल बिद्यार्थी संघ बाजुराका कार्यवाहक अध्यक्ष जनक बहादुर थापाले बताउनुभएको छ ।

थापाका अनुसार भारतले नेपाली भुमिमा सडक निमार्ण गरि उद्घाटन गरि सक्दा समेत सरकार सुतेर बसेकाे आराेप लगाउनुभयाे । नेपाल बिद्यार्थी संघले कुनै देशले पनि आफ्नाे भुमि मिचेकाे हेरेर नबस्ने कार्यवाहक अध्यक्ष जनक बहादुर थापाले बताउनुभयो ।
नेपाल बिद्यार्थी संघ बाजुराले मंगलबार साँझ जिल्ला सदरमुकाम मार्तडीकाे लाेकतान्त्रिक चाेकमा नेपालका प्रधानमन्त्री केपि शर्मा ओली र भारतिय प्रधानमन्त्री नरेन्द्र माेदिकाे पुत्ला समेत दहन गरेकाे नेपाल बिद्यार्थी संघ जिल्ला सदस्य एबम् बडिमालिका क्याम्पसका उपसभापति तपेश रावलले बताउनुभयो । रावलका अनुसार बिश्वब्यापी काेराेनाकाे कहर चलिरहेको विषम प्रस्तिथीमा सरकारले गरिरहेका गलत प्रबृत्तिकाे बिराेध गर्ने सडकमा उत्रिनु परेको बताउनुभएको छ । नेपाली काँग्रेस बाजुराकाे पार्टी कार्यालयबाट गएको टाेलीले बजार परिक्रमा सहित टाउकाेमा कालाे पट्टी बाँधेर जिल्ला प्रशासन कार्यालयमा पाँच मिनेट धर्नामा बसेकाे नेपाल बिद्यार्थी संघ बाजुराका नेता याेगेन्द रावलले बताउनुभयो ।
लिपुले फिर्ता गर, भारतीय बिस्तारबाद मुर्दाबाद, लिपुलेक हाम्रो हाे लगाएतका पेलेकार्ड सहित शान्तिपूर्ण बिराेध प्रदर्शन गरिएको हाे । भारतले मिचेकाे भुमि फिर्ता नभए सम्म नेपाल बिद्यार्थी संघ बाजुराका कार्यवाहक अध्यक्ष जनक बहादुर थापाले जानकारी दिनुभएको छ । उहाँले काेराेना भाईरसकाे विषम अबस्थामा पनि यस्ता गलत प्रबृत्तिकाे लागि आफुहरुले समेत सामाजिक दुरी कायम राखेर बिराेध कार्यक्रम जारी रहने बताउनुभयो ।