• २०८० असोज ७ गते आइतवार

आजको मौसम : केही स्थानहरुमा मेघगर्जन सहित वर्षाको सम्भावना 

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ३१, काठमाडौं । आज दिउँसो देशको अधिकांश भू-भागमा सामान्य बदली रहनेछ।पूर्वी र पश्चिमी भू-भागका केही स्थानहरु र मध्य भू-भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। यस्तै राती देशको पुर्वी र मध्य भू-भाग तथा पश्चिमको पहाडी भू-भागमा सामान्य बदली र बांकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी भू-भागका केही स्थानहरु तथा मध्य र पश्चिमका एक वा दुई स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव रहेको देखिन्छ। जसका प्रभावले देशको मध्य भू-भाग तथा पश्चिम र पूर्वको पहाडी भू-भागमा सामान्य बदली र बांकी भू-भागमा आंशिक बदली रहेको छ ।

महाशाखाले देशका पूर्वी र पश्चिमी भू-भागका केही स्थानहरु र मध्य भू-भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले आवस्यक सर्तकता अपनाउनहुन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस