• २०८१ बैशाख १३ गते बिहिवार

नुवाकोटमा लकडाउन निषेद्याज्ञाको अबज्ञा गर्नेलाई कार्वाही

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १, नुवाकोट । लकडाउन निषेद्याज्ञाको अबज्ञा गरी हिडेका २९ जनालाई नवाकोट प्रहरीले कार्वाही गरेको छ । सोमबार बिश्वव्यापी महामारीको रुपमा फैलिदै गरेको नोबेल कोरोना भाईरस (कोभिड(१९) संक्रमणको बिरुद्द नेपाल सरकारद्वारा जारी भएको लकडाउन निषेद्याज्ञाको अबज्ञा गरी हिडेका उनिहरुलाई नियन्त्रणमा लिई केही समय होल्ड गरी सम्झाई-बुझाई गरी पठाईएको हो ।

यस्तै लकडाउनको समयमा चलाईएको ११ मोटरसाइकल र १ ट्याक्सीलाई आवश्यक कारबाहीको लागी नियन्त्रणमा लिईएको नुवाकोट प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस