• २०८१ बैशाख ४ गते मङ्गलवार

बाजुराका १४५ जनाको स्वाब संकलन गरि काठमाण्डौ लगियो

राजेन्द्र बहादुर रोकाया पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १, बाजुरा । बाजुरा जिल्लाका विभिन्न स्थानहरुमा रहेका १ सय ४५ जनाको स्वाव संकलन गरेर काठमाण्डौ लगिएको छ । सोमबार नेपाली सेनाको हेलिकप्टर मार्फत उनीहरु सवै जनाको स्वाव संकलन गरेर काठमाण्डौं लगिएको हो ।

जिल्लाको स्वामीकार्तिक गाउँपालिकाबाट ९० जना, बडीमालिका नगरपालिका स्थित सदरमुकाम मार्तडीबाट ३५ जना र बुढीगंगा नगरपालिकाको टाँटेबाट २० जना गरी १ सय ४५ जनाको स्वाव संकलन गरेर सेनाको हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको सदरमुकाम मार्तडीस्थित समरजित गुल्मका गुल्मपति रविन श्रेष्ठले बताएका छन् ।

जिल्ला बाहिरबाट आएका उनीहरु सवैलाई सम्वन्धित स्थानीय तहका क्वारेन्टाइनमा १६ दिन बढी राखिएको थियो । बाजुरामा कोरोना भाइरस परिक्षणका लागि स्वास्थ्य सामाग्री पनि बाजुरामा आइपुगेको छ ।

प्रतिक्रिया दिनुहोस