वैशाख १, रौतहट । रौतहटका क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषमा कोरोना भाइरस (कोभिड(१९)को संक्रमण देखिएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । हिजोमात्र नेपालमा थप तीन जनामा कोरोना संक्रमण देखिएको थियो । आजै कैलालीमा ६५ वर्षीया बृद्धामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।