• २०८० असोज ४ गते बिहिवार

सामाजिक सञ्जालबाट शुभकामना आदनप्रदान गर्न सुनिलस्मृतिको आह्वान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ०१,रोल्पा । सुनिलस्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीद्धारा सुनिलस्मृति गाउँपालिका वासी तथा आम नेपालीहरुमा नयाँ वर्ष २०७७ को शुभकामना सन्देश जारी गर्नुभएको छ ।

नव वर्ष २०७७ सालको सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण सुनिलस्मृति गाउँपालिका वासी तथा आम नेपाली आमाबुवा, दाजुभाई, दिदीबहिनीहरुमा सु–स्वास्थ्य, शान्ति र प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गदछु । नयाँ वर्षले कोरोना भाइरस (कोभिड–१९) को महामारीका विरुद्ध सवै एक भएर संघर्ष, पालना गर्न सम्पूर्ण गाउँवासि तथा आम नेपाली आमाबुवा, दाजुभाई, दिदीबहिनीहरुमा पूर्ण सफलतासहित सु–स्वास्थ्यको कामना व्यक्त गर्नुभएको छ ।

साथै विश्वव्यापि फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) ले गर्दा नेपाल सरकारले घोषणा गरेको लकडाउन लगाएत नीति कार्यक्रमको कडाइपूर्वक पालना गर्नुहुन समेत अनुरोध गर्दै, नव वर्ष २०७७ को शुभकामना आदानप्रदान फोन, म्यासेज र सामाजिक सञ्जालको प्रयोग गर्दै शुभकामना आदान प्रदान गर्नुहुन समेत विशेष आह्वान गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस