• २०८० असोज ५ गते शुक्रवार

घरमा बसेर हामीलाई सहयोग गर्नुहोस,घरमै राहतको व्यवस्था गछौं : वडा अध्यक्ष श्रेष्ठ (भिडियो सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १, काठमाडौ । काठमाडौंको नार्गजुन नगरपालिका वडा नं. ३ मा कोरोना भाइरसका कारण खाद्यान्न समस्या भएकाहरुलाई राहत वितरण गरिएको छ । नार्गजुन नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष, स्थानिय जनप्रतिनिधी सहितको टोलीले राहत वितरण गरेको हो ।

कोरोना भाइुर (कोभिड १९)का कारण देश लकडाउनमा रहेको बेला देनिक ज्यालादारी मजदुर, एकल महिला, कोठामा बस्ने जो सँग खाद्यान्नको संकट छ त्यस्तोलाई राहत वितरण भईरहेको अवस्थामा नार्गजुन नगरपालिकामा पनि राहत वितरण भइरहेको छ । यस्तो अवस्थामा राहत लिन आउनेहरुको कारण झन कोरोना भाइरस सक्रमण नहोस भन्नका लागि वडा अध्यक्ष प्रेमलाल श्रेष्ठले आफ्ना वडामा रहेका राहत लिने व्यक्तिहरुलाई तपाइहरु घरमा बसेर हामीलाई सहयोग गर्नुहोस हामी तपाइहरुलाई घरमै राहतको व्यवस्था गर्ने बताउनु भएको छ ।

हेर्नुहोस भिडियो ।

प्रतिक्रिया दिनुहोस