• २०८२ बैशाख १७ गते बुधवार

तपाईको आज

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

वि.सं. २०७७ वैशाख १ सोमवार इ.स. २०२० अप्रिल १३, ने।सं। ११४० चौलागा। वैशाख कृष्णपक्ष। षष्ठी, २१स्५२ उप्रान्त सप्तमी।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
परिस्थितिवश कम फाइदा हुने काममा अलमलिनुपर्ला। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। प्रयत्न गर्दा राम्रै जिम्मेवारी पनि पाइनेछ। अरूको समस्याबारे चासो लिँदा आफैंलाई अप्ठ्यारो पर्न सक्छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपरे पनि मिहिनेतको परिणाम प्राप्त हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
खानपान तथा मनोरञ्जनमा समय बित्नेछ। प्रियजनसँगको सम्पर्कले दिन रमाइलो रहनेछ। पहिलेको सफलताले थप काममा उत्साह मिल्नेछ। व्यापार सामान्य भए पनि आम्दानी बढ्नेछ। कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पहिलेको सफलताले हौसला जगाए पनि विवाद तथा मुद्दाहरूमा निकै सजग रहनुपर्नेछ। ऋण, शत्रु र रोगबाट सजग रहनुपर्ला। पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन्।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अस्वस्थताले लक्ष्यअनुसार काममा जुट्न नसकिएला। अप्ठ्यारा परिस्थिति सुल्झाउनमै समय बित्नेछ। सहयोगीहरू पछि हट्नाले नयाँ योजना प्रारम्भ गर्न समस्या पर्नेछ। व्याहारिक अलमलले आँटेका काममा बाधा पुर्याउनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। हिस्सेदारसँग असमझदारी बढ्नाले पुनस् नयाँ सम्झौता गर्नुपर्ला। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउने हुँदा योजना तत्काल सार्वजनिक नगर्नुहोला।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सहयोगीहरू पछि हट्नाले चिताएको काममा बाधा पुग्नेछ। प्रतीक्षित नतिजा कमजोर देखिनाले केही काम दोहोर्याउनुपर्ला। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। लगनशीलताले परिस्थिति सहज बनाउन सकिनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। वचन पुर्याउन नसक्ता आलोचित बन्नुपर्ला। परिस्थिति सबल नदेखिए पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। बुद्धिले काम लिँदा चिताएको काम बन्नेछ। शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पहिलेको सफलताले महत्त्वाकांक्षा बढाउनेछ। विभिन्न अवसर पनि आउनेछन्। केही कठोर निर्णय लिनुपरे पनि टाढिएका आफन्त नजिकिनेछन्। भेटघाट र खानपानण्मा समय व्यतीत हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कामबाट सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ। साथीभाइसँग असमझदारी बढ्ला। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। बेलामा होस नपुर्याउँदा अप्ठ्यारा चुनौती आउन सक्छन्।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आजको मिहिनेतले भविष्यमा प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। विभिन्न भौतिक साधनहरू पनि जुटाउन सकिनेछ।

प्रतिक्रिया दिनुहोस