बैशाख १, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि नयाँ वर्षको पहिलो दिन राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गरेका छन् । उनले कोरोना भाइरसबाट उत्पन्न लकडाउनको अवस्थामा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा राष्ट्रिय गान गाउन र ताली बजाउन देशबासीमा आग्रह गरेका हुन् ।
प्रधानमन्त्री ओलीले ग्लोबल कम्प्याक्ट नेपालले नयाँ वर्षको दिन विहान ८ बजे घरको छत वा झ्यालबाट राष्ट्रिय गान गाउन र एक साथ ताली बजाउन गरेको आह्वानमा समर्थन जनाएका हुन् । उनले उक्त कार्यक्रमको सर्मथन जनाउँदै ट्वीटरमार्फत उक्त कार्यमा सामेल हुन आग्रह गरेका हुन् ।
उनले ट्वीटरमा लेखेका छन्, ’राष्ट्रिय गान गाऔ, राष्ट्रिय धुन बजाऔ ! ग्लोबल कम्प्याक्ट नेपालको तलको अनुरोध मलाई राम्रो लाग्यो। यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।’