• २०८२ जेष्ठ २ गते बिहिवार

नेपालगञ्जमा कोरोना विरुद्धको हेल्थडेस्क प्रभावकारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ३०, नेपालगञ्ज । नेपालगञ्ज उप–महानगरपालिकाले कोरोना(कोभिड–१९) को संक्रमण भित्रिन नदिन सञ्चालनमा ल्याएका हेल्थ डेस्क प्रभावकारी भएको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले बिहिवार हेल्थ डेस्कको स्थलगत अनूगमन गरेपछि प्रभावकारी रुपमा सञ्चालन भएको जनाएको हो । महाशाखाका बरिष्ठ जनस्वास्थ्य अधिकृत रामवहादुर नेपालीले जमुनाह नाका र नेपालगञ्ज विमानस्थलमा सञ्चालनमा रहेको हेल्थ डेस्कको अनूगमन गर्नुभएको हो । सो क्रममा विकले स्वास्थ्यकर्मीसँग समेत परीक्षणका विषयमा छलफल गर्नुभएको थियो ।

बरिष्ठ जन स्वास्थ्य अधिकृत नेपालीलाई नेपालगञ्ज उप–महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले आवश्यक उपकरण र श्रोत साधनको अभावका बीच पनि स्वास्थ्यकर्मीले नियमित रुपमा हेल्थडेस्कबाट सेवा दिदै आएको बताउनुभयो ।

चन्दले संक्रमित विरामीको थप उपचार र अनुसन्धानका लागि अन्य स्वास्थ्य संस्थासँग समन्वयका लागि महाशाखाको ध्यानाकर्षण गराउँदै स्थानीय सरकारले आप्mनो तर्फबाट सम्पूर्ण तयारी गरेको जानकारी दिनुभयो । चन्दले स्वास्थ्यकर्मीका लागि आवश्यक श्रोत साधन र उपकरणका लागि मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

स्वास्थ्य शाखा प्रमुख चन्दले विमानस्थल र नाकामा विहानदेख रातीसम्म हेल्थ डेस्क सञ्चालन भईरहेको बताउनुभयो । नेपालगञ्ज उप–महानगरपालिका कार्यालयमा समेत हेल्थडेस्क सञ्चालनमा छ

प्रतिक्रिया दिनुहोस