• २०८२ जेष्ठ ३ गते शुक्रवार

कोरोना भाइरसको संक्रमणको शंका लाग्यो ? तुरुन्त फोन गर्नुहोस १११५ मा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ३०, काठमाडौं । कोरोना (कोभिड–१९) भाइरसको संक्रमणको शंका लगेमा तपाईले अब तुरुन्त १११५ नम्बरमा फोन गर्न सक्नुहुन्छ । १११५ मा टेलिफोन गरेपछि तपाईले परामर्श समेत लिन सक्नुहुन्छ । त्यस्तै, टोल फ्रि नम्बर १६६००१९७००० समेत फोन गरेर यो संक्रमणबारे परार्मश लिन सकिन्छ ।

शुक्रबारदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गन इपिडिमियोलोजी तथा रोग नियन्त्रयण महाशाखाले परामर्शका लागि टेलिफोन नम्बरको व्यवस्था गरेको हो । कोरोना (कोभिड–१९)भाइरस संक्रमणबारे जानकारी दिनका लागि शुक्रबारदेखि कल सेन्टर सञ्चालनमा ल्याएको इपिडिमियोलोजी तथा रोग नियन्त्रयण महाशाखाले जनाएको छ ।

कल सेन्टरमा ११ जना कर्मचारीलाई तालिम दिएको समेत दिएको महाशाखाले जनाएको छ । कोरोना महामारी फैलिएको खण्डमा त्यसको भाइरस संक्रमणबाट कसरी जोगिने, कुन–कुन अस्पताल जाने आदि विषयमा त्यहाँबाट परार्मश पाइनेछ ।

प्रतिक्रिया दिनुहोस