• २०८२ बैशाख १७ गते बुधवार

वन कार्यालयका अधिकृत घुस रकम सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ३०, काठमाडौं । डिभिजन वन कार्यालय दोलखामा कार्यरत डिभिजन वन अधिकृत (दशौं तह)का सन्तमाया श्रेष्ठ घुस रकम सहित अख्तियारको नियन्त्रणमा परेकी छन ।

उले काठ व्यापार गर्ने व्यापारीहरुसँग घुस रकम उठाई सरकारी गाडीमा दोलखाबाट काठमाडौं आउदैं गरेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले उनलाई भक्तपुर स्थित मध्यपुर ठिमी न.पा. ३ गठ्ठाघर चोकमा पक्राउ गरेको हो ।

उनको गाडी रोक्न लगाई चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको रु. २,०३,५००।– सहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस