• २०८१ चैत्र ३ गते सोमवार

राष्ट्रपति भण्डारीसमक्ष अख्तियारद्वारा आफ्नो वार्षिक प्रतिवेदन पेश

पढ्न लाग्ने समय : १ मिनेट

पौष, २८ काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको छ ।

आज शीतल निवासमा आयोजित एक समारोहकाबीच आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले राष्ट्रपति भण्डारीसमक्ष प्रतिवेदन पेश गरेका हुन् ।

संविधानको आधार २९४ बमोजिम अख्तियारले वार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस