कार्तिक २७, एजेन्सी । चीनमा पुनः नयाँ संक्रमित भेटिएका छन् । बुधबार १५ जना नयाँ कोरोना संक्रमित भेटिएको जनाईएको छ । यसको एक दिन अघि अर्थात् मंगलबार १७ संक्रमित थपिएका थिए ।
सरकारको तर्फबाट जारी बयानमा संक्रमण देखिएका केही इलाकाको पहिचान गरिसकिएको र यहाँ प्रतिबन्ध लगाउन सकिने जानकारी दिइएको छ । यद्यपि, यसअघि परीक्षणको दायरा बढाइनेछ । चीनमा हालसम्म ८६ हजार २ सय ९९ संक्रमित भेटिएका छन् ।