कार्तिक २७ , काठमाडौँ । विश्वमा पछिल्लो २४ घण्टामा ४ लाख ९० हजार ४७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैबीच, हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड १२ लाख ५१ हजार ७१५ जनालाई कोरोना संक्रमण भइसकेको छ ।
पछिल्लो २४ घण्टामा ८ हजार ५७० संक्रमितको मृत्यु भएको छ । कोरोनाका कारण हालसम्म विश्वमा १२ लाख ७० हजार ९३० जनाको मृत्यु भइसकेको छ ।