• २०८० फाल्गुन १२ गते शनिवार

नेपाल–भारत मन्त्रीस्तरीय बैठक हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २७, काठमाडौँ। सीमा विवादपछि उत्पन्न गतिरोध अन्त्यका लागि नेपाल–भारतबीच विभिन्न संयन्त्रको बैठक बस्ने तयारी भएको छ । त्यसका लागि काठमाडौं र नयाँदिल्ली आन्तरिक तयारीमा जुटेका छन् । दुवै मुलुकका परराष्ट्र मन्त्रालयका अधिकारीहरूले नेपाल–भारत संवादहीनताका कारण रोकिएको मन्त्रीस्तरीय र सचिवस्तरीय बैठकको तयारी गरिरहेका छन् ।

भारतले नेपालसँगको सम्बन्ध थप कसिलो बनाउन भारतीय राजनीतिमा प्रभाव राख्ने मन्त्रीलाई नेपाल भ्रमण गराउनेसमेत तयारी भइरहेको उच्च स्रोतले दाबी गरेको छ । नेपालसँग बिग्रिएको सम्बन्ध सुधार्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चाहनामा छिट्टै विश्वासिला र प्रभावशाली मन्त्रीलाई नेपाल भ्रमण गराउने तयारी भएको छ । त्यस्तो प्रकारको उच्चस्तरीय राजनीतिक भ्रमण उपयुक्त समयमा छिट्टै गराउने तयारी भएको स्रोतले जनाएको छ ।

त्यसअघि हुने सचिव र मन्त्रीस्तरीय बैठकले उक्त उच्चस्तरीय राजनीतिक भ्रमणको वातावरण बनाउने स्रोतको दाबी छ । पुस ४ गते विवाह पञ्चमीका दिन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले भर्चुअल रूपमा जनकपुर–जयनगर रेल सेवाको औपचारिक शुभारम्भ गर्ने तयारी भएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस