• २०८१ माघ २ गते बुधवार

अध्यक्षद्धयको सहमतिमा नेकपा सचिवालय बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २७, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुक्रबारका लागि बोलाइएको छ । पार्टी महासचिव विष्णुप्रसाद पौडेलले शुक्रबार ४ बजेका लागि बैठक बोलाउन भएको उहाँको स्वकीय सचिव यम पाण्डेले जानकारी दिनुभयो ।

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग परामशर्मा महासचिव पौडेलले शुक्रबार दिउँसो ४ बजे बस्नेगरी बैठक बोलाउनु भएको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बोलाइएको छ । योसँगै अब गुटका नाममा गर्ने छलफल बैठकमै गर्ने तयारी भएको छ।

प्रतिक्रिया दिनुहोस