कार्तिक २७, काठमान्डौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीको स्वास्थ्य अवस्था गम्भीर भएके छ । केही दिनदेखि निमोनियाबाट पीडित केसीलाई कोरोना संक्रमणसमेत पुष्टि भएपछि अवस्था गम्भीर बनेको हो ।
मेडिसिटी अस्पतालको आइसोलेसनमा उपचाररत केसीको स्वास्थ्य गम्भीर रहेको राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले विज्ञप्ति जारी गरेर जानकारी दिएका हुन । जनमोर्चाको केन्द्रीय कार्यालयमा बुधबार बसेको बैठकले केसीको लामो समयसम्म अस्पतालमा राखी उपचार गर्नुपर्ने भएकोले उपचारमा लाग्ने खर्च पार्टी तथा शुभचिन्तकहरूको सहयोगबाट गर्ने निर्णय गरेको हो । सहयोगदाताहरूले राष्ट्रिय वाणिज्य बैंक, नयाँ बानेश्वर शाखाको राष्ट्रिय जनमोर्चाको बैंक खाता १४२०००४१७३०१ मा सहयोग रकम जम्मा गरिदिन जनमोर्चाले अनुरोध गरेको छ ।
https://khabar24nepal.com/11/11/2020/52522