असोज २६, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २२८३ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा १८८८, भक्तपुरमा ११८ र ललितपुरमा २७७ गरी २२८३ जनामा संक्रमण पुष्टि भएको हो ।
थप ४ हजार ४७ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ११ हजार ८ सय २ जना पुगेको छ । मन्त्रालयका अनुसार आज १४ सय ७३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७७ हजार २ सय ७७ जना रहेको छ । आज ९ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ६ सय ४५ जना पुगेको छ ।