असोज २६, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको आजको छलफल सकिएको छ । कर्णालीमा देखापरेको समस्या पन्छाउन प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड बिहान ९ बजेदेखि बालुवाटारमा छलफलमा बसेका थिए । छलफल निचोडमा पुग्न नसकेको बालुावाटारनिकट स्रोतले जानकारी दियो ।
स्रोतले भन्यो, “आजको भेटमा सकारात्मक निष्कर्ष निष्कन सकेन । प्रधानमन्त्रीलाई अध्यक्ष प्रचण्डले कर्णाली प्रदेशमा देखिएको समस्या समाधान गर्न आग्रह गर्नुभएको छ। स्थायी कमिटी बैठकको मर्म, भावना, सचिवालय बैठकको म्यान्डेटअनुसार समाधान होस् भनेर आग्रह गर्नुभएको छ ।”