असोज २६, चितवन । भरतपुर अस्पतालको कोभिड १९ ल्यावमा गरिएको २३५ जनाको स्वाब परीक्षणमा ५५ जनामा संक्रमण पुष्टि भएको हो । भरतपुर अस्पतालले आइतबार राति सार्वजनिक गरेको परीक्षण रिपोर्ट अनुसार भरतपुरका १८ पुरूष र १६ महिलामा संक्रमण पुष्टि भएको छ । यस्तै राप्तिका १ पुरूष, खैरहनीका ३ पुरूष, रत्ननगरका १ पुरूष र ५ महिलामा पनि संक्रमण पुष्टि भएको छ ।
कालिकाका १ महिला र १ पुरूषमा पनि संक्रमण भएको भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशाला प्रमुख डा.नीतु अधिकारीले जानकारी दिइन् । यस्तै पर्साका ६ पुरूष, मकवानपुर र तनुहँका १ /१ पुरूष र सर्लाहीकी एक महिलामा पनि संक्रमण पुष्टि भएको छ । त्यस्तै भरतपुर अस्पतालमा कोरोना संक्रमित वेवारिसे महिलाको मृत्यु भएको छ । यही असोज १५ गते ज्वरो, खोकी र श्वासप्रश्वाशमा समस्या भइ अस्पताल भर्ना भएकी उनमा आसोज १९ गते कोरोना पुष्टि भएको थियो ।