असोज २६, काठमाडौँ । उपत्यकामा आज हुने कार्यक्रमहरू
१.राज्यका निर्देशक सिद्धान्त,नीति र दायित्वको कार्यान्वयन,अनुगमन तथा मुल्यांकन समितिको बैठक बस्ने ।
स्थान :- संघीय संसद सचिवालय,सिंहदरबार ।
समय :- १३:०० बजे ।
२.मन्त्री परिषदको बैठक बस्ने ।
स्थान :- प्रधानमन्त्री निवास,बालुवाटार ।
समय :- १६:०० बजे ।
३.त्रि.वि.आंशिक प्राध्यापक संघ केन्द्रीय कमिटीले त्रि.वि.ले जारि गरेको अतिरिक्त कक्षा ब्यबस्थापन निर्देशिका २०७७ ले आंशिक प्राध्यापकहरूलाई विस्थापित गर्ने नीति ल्याएकाले उक्त निर्देशिका खारेजिको माग राखि २४ गते देखि क्याम्पस प्रमुखलाई कार्यकक्षमा रोक लगाउने साथै अनलाइन कक्षा बहिस्कार गर्ने ।
स्थान :- देशभरका क्याम्पसहरूमा ।
समय :- नखुलेको ।
४.आंशिक प्राध्यापक संघ पाटन संयुक्त क्याम्पस कमिटीले केन्द्रिय निर्देशन अनुसर क्याम्पस प्रमुखको कार्यकक्ष,प्रशासन शाखा र लेखा शाखामा मिति २०७७/०६/१२ गते देखि गरेको तालाबन्दी जारी ।
५.आंशिक प्राध्यापक संघ अमृत साइन्स क्याम्पस कमिटिले केन्द्रिय निर्देशन अनुसर क्याम्पस प्रमुखको कार्यकक्ष,प्रशासन शाखा र लेखा शाखामा मिति २०७७/०६/१३ गते ६:०० बजे देखि गरेको तालाबन्दी जारी ।