भदौ २७, सल्यान । सामान्यतया बजारका मेडिकलहरुमा दश रुपैयाँमा एउटा मास्क किन्न पाइन्छ, तर त्यहि १० रुपैयाँको मास्क किनेर लगाउन अल्छी गरेपछि प्रहरीले सल्यानमा एक सय रुपैयाँ जरिवाना गरेको छ । मास्क नलगाएर स्थानीयहरु जथाभावी हिडुल गरेकाले प्रहरीले एक सय रुपैयाँ जरिवाना काटेको हो ।
गृहमन्त्रालयबाट जारि आदेशलाई कार्यन्वयन गराउदै प्रहरीले कडाइ गरेको हो । हालसम्म प्रहरीले १४७९ जनालाई कारबाही गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई न्युनिकरण गर्न सरकारले मास्क अनिवार्य गरेका हुदा सल्यानले कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारि दिएका छन । यो क्रम नियमित जारि रहने प्रहरी निरक्षक ओलीले जानकारी दिए ।
मास्क नलगाई हिड्नेहरुलाई काटेको सय रुपैयाँ जरिवाना बाट १ लाख ४७ हजार ९ सय रुपैयाँ राजश्व संकलन भएको छ । साथै सल्यान जिल्लामा मास्क नलगाई हिडेका मजदुर तथा अति गरिब बिपन्नलाइ निशुल्क मास्क दिदै उनिहरुलाइ कोभिड १९ सम्बन्धि जानकारी समेत दिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिएका छन ।
साथै सल्यान जिल्ला भित्रका बासिन्दालाई घरबाहिर निस्कदा अनिवार्य मास्क प्रयोग गर्ने समेत जानकारी दिनुको साथै कामबाहेक घरबाहिर ननिस्किन आग्रह समेत गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।