भदौ २७,पोखरा । नेकपा गण्डकी प्रदेशका सचिवालय सदस्य, पूर्वयुवा संघ नेपालका अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद राजिव पहारी पाँच दिनको लागि होम क्वारेन्टाईनमा बस्नु भएको छ । पोखरा पर्यटन परिषद्का पूर्वउपाध्यक्ष तथा नेपाल प्याराग्लाईडिङका केन्द्रीय उपाध्यक्ष बसन्त दवाडीको श्रीमति ४५ वर्षको उमेरमा भगवती दवाडीको कोरोनाको संक्रमणले हिजो मृत्यु भएको थियो । मृतक दवाडीको मलामी/सदगदमा सामेल हुनुभएकाले सांसद पहारी होम आइसोलेशनमा बस्नुभएको हो ।
मलामी पश्चात नेकपा अन्नपूर्ण गाउँपालिकाको पार्टी एकताको सपथ ग्रहणमा सहभागी भएको हुनाले हिजोदेखी आजसम्म आफुसँग सम्पर्कमा रहनुभएका सम्पूर्ण नागरिकलाई सजग र सतर्क रही पीसीआर टेष्ट गर्न आव्हान समेत सांसद पहारीले गर्नुभएको छ ।