भदौ २७, रोल्पा । रोल्पाको लुंग्री गाउँपालिकामा पहिरोले घर पुरिँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी प्रमुख डीएसपी नरेश सुवेदीका अनुसार दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो । उनीहरुको शव निकालेर पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम पठाइँदै छ । पहिरोमा पुरिएर ज्ञानसिंहकी पत्नी ३५ वर्षीया नन्दकली र आमा ५० वर्षीया बीरमा घाइते भएका छन् ।