• २०८१ असोज २४ गते बिहिवार

विश्वमा २ करोड ५ लाख ९० हजार भन्दाबढी निको

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २७, काठमाडौँ । विश्वमा २ करोड ५ लाख ९० हजार ९४९ जना कोरोनामुक्त भएका छन् । वल्र्डमिटरका अनुसार विश्वमा कोरोना भाइरस संक्रमितको संख्या २ करोड ८६ लाख नाघेको छ ।पछिल्लो तथ्यांक अनुसार विश्वमा संक्रमितको संख्या २ करोड ८६ लाख ४७ हजार ४७७ पुगेको हो ।

शनिबार बिहानसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ९ लाख १९ हजार ५१२ पुगेको छ । अहिले ७१ लाख ५७ हजार १६ जनाको विभिन्न अस्पताल तथा आइसोलेनमा उपचार भइरहेको छ । उपचाररतमध्ये ६० हजार ८८४ जनाको अवस्था गम्भीर छ । २४ घण्टाको तथ्यांक हेर्दा विश्वभर ३ लाख ४ हजार १०३ संक्रमित थपिएका छन् भने संक्रमित ५ हजार ६८३ जनाले ज्यान गुमाएका छन् । संक्रमित ६६ लाख ३६ हजार २४७ मध्ये ३९ लाख १७ हजार ९६२ जना निको भएका छन् ।

त्यस्तै नेपालमा संक्रमितको संख्या ५१ हजार ९ सय १९ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता ड।जागेश्वर गौतमका अनुसार आजसम्म घर फर्किनेको संख्या ३६ हजार ६ सय ७२ जना रहेको छ भने मृत्यु हुनेको संख्या ३ सय २२ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस