• २०८१ बैशाख १३ गते बिहिवार

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ४० हजार नाघ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २३, एजेन्सी। भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ४० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा ३९१ कोरोना संक्रमितको मृत्यु भएसगै हालसम्म कोरोना संक्रमणका कारण १ लाख ४० हजार ५७३ जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकमा उल्लेख रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ३२ हजार ९८१ संक्रमित थपिएका छन् । भारतमा कोरोना संक्रमितको संख्या ९६ लाख ७७ हजार २०३ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस