• २०८१ पुष २९ गते सोमवार

कोभिड १९ को अनुसन्धान चोरी गर्ने चिनियाँ प्रयासका बारेमा एफबीआईद्वारा टेक्सास विश्वविद्यालयमा सम्पर्क

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण २८ , एजेन्सि । अमेरिका र चीनबीच सम्बन्ध बिग्रिरहेका बेला चिनियाँ जासुसहरुले नोभेल कोरोना भाइरसको अनुसन्धान चोरी गर्ने प्रयास गरेको आरोप लगाइएको छ । यस विषयमा बुझ्‍न कोभिड १९ विरुद्धको खोपको अनुसन्धान गरिरहेको टेक्सास विश्वविद्यालयसँग संघीय अनुसन्धान ब्यूरोले सोधपुछ गरेको छ । कोरिनाविरुद्धको खोपको अनुसन्धानको जासुसी गरेको भन्दै यसअघि अमेरिकाले टेक्सासको ह्युस्टनस्थित वाणिज्य दूतावास बन्द गराएको थियो । त्यसको बदलामा चीनले पनि चेङ्दुस्थित अमेरिकी वाणिज्य दूतावास बन्द गराएको थियो ।

टेक्सास विश्वविद्यालयले संकाय र अनुसन्धानकर्मीलाई सोमबार एउटा ई-मेलमा पठाएर यसविषयमा एफबीआईले सोधपुछ गरेको जानकारी गराएको छ । एफबीआई एजेन्टहरूले युनिभर्सल कन्सुलेटको कथित भूमिका र चिनियाँ सरकारले कोरोना भाइरस खोप अनुसन्धानलगायत अमेरिकी विश्वविद्यालयबाट गैरकानुनी रूपमा अनुसन्धान गर्ने चिनियाँ सरकारको प्रयासू को बारेमा विश्वविद्यालयका अनुसन्धानकर्तालाई ईमेलमार्फत सम्पर्क गर्नेछन्साउथ चाइना मोर्निंङ पोस्टले भनेको छ ।

ूहामी तपाइँलाई चलिरहेको र विकसित राष्ट्रिय स्थितिको बारेमा सचेत गराउन चाहान्छौं, जसले हाम्रो अनुसन्धान समुदायका केही सदस्यहरूलाई असर गर्न सक्छ, ईमेलमा भनिएको छ । हङकङमा चीनले राष्ट्रिय सुरक्षा कानुन जारी गर्ने चीनको कदम, सिन्जियाङको मानवअधिकार उल्लंघन र दक्षिण चीन सागरमा क्षेत्रीय आक्रमकताका विषयमा अमेरिका रचीनबीच तनाव सिर्जना भएको छ ।

प्रतिक्रिया दिनुहोस