• २०८१ माघ ८ गते मङ्गलवार

साउथ चाइना सीमा तनाव बढेपछि अमेरिका भियनामबीच चीनविरुद्ध सहयोग गर्ने सम्झौता

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

श्रावण २८ , एजेन्सि। साउथा चाइना सीमा तनाव बढेपछि अमेरिका र भियनामबीच चीनविरुद्ध सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । केही समयदेखि तनाव बढिरहेको साउथ चाइना सीमा मुख्य तनाव भियतनाम र चीनबीच नै चर्किने देखिन्छ । दुबै देशहरू एक अर्काको समुद्री अधिकार र समुद्री किनार अन्वेषण प्रयासको दाबी गरिरहेका छन् । चीनले यस वर्षको सुरुदेखि नै उक्त समुद्रमा उत्तेजक गतिविधिहरु गरिरहेको छ ।

विश्व सन् २०१९ को अन्तिममा चीनको वुहानबाट सुरु भएको कोरोना महामारीविरुद्धको युद्धमा व्यस्त रहेका बेला चीनले भने छिमेकीहरुसँगको तनाव सिर्जना गरेको छ । जसको पछिल्लो उदाहरण भारतसँगको हिंसात्मक झडप र दक्षिण चीन सागरको तनाव रहेका छन् । चीनले सामुद्रिक पानीको रणनीतिक विस्तारमा दाबी गर्ने विभिन्‍न मुलुकहरुको अवस्थालाई कमजोर बनाउने प्रयास गरिरहेको छ । चीनको हेनान प्रान्तको समुद्री सुरक्षा प्रशासनले जुलाई १५ मा भियतनामको प्यारासेल टापुहरूको नजिक सैन्य अभ्यास गरेको थियो ।

चीनको यस गतिविधिविरुद्ध भियतनामले आपत्ति जनाएको र चीनलाई कूटनीतिक नोटसमेत पठाएको थियो । भियतनामले चीनलाई यस्तै गैरकानुनी अभ्यासको बन्द गर्नसमेत आग्रह गरेको थियो । भियतनामको परराष्ट्र मन्त्रालयले भनेको छ, ूचीनको यस्तै गैरकानुनी रुपमा गरिरहेको सैन्य अभ्यासले भियतनामको सार्वभौमिकताको उल्लंघन गरेको छ । यसले चीन र आसियानबीचको एससीएसमा आचारसंहिता ९सीओसी० को लागि वार्तालाई जटिल बनाएको छ र यस क्षेत्रको शान्तिलाई असर गरेको छ ।ू

भियतनामनले पानीमा चीनको अवैध कार्यहरूको धेरैपटक निन्दासमेत गरेको छ । चीनले भने पूर्ण कानुनी आधार र ऐतिहासिक प्रमाणहरूको दाबी गर्दै अन्तर्राष्ट्रिय कानुनअन्तर्गत स्प्रैटली र प्यारासेल टापुहरूमा आफ्नो सार्वभौमिकता भएको बताउँदै आएको छ ।

अमेरिकी रक्षा विभागले दक्षिण चीन सागरमा चीनको सैन्य अभ्यासको आलोचना गर्दै यसलाई क्षेत्रमा स्थायित्व कायम गर्ने सम्बन्धमा चीनको प्रतिबद्धताहरूको उल्लंघन भएको बताएको छ । पेन्टागनले सैन्य अभ्यास गैरकानुनी समुद्री दाबीलाई जोड दिन र यसको दक्षिणपूर्वी एशियाली छिमेकीहरुलाई एससीएसमा टेवा पुर्‍याउन चीनको कार्यशैलीको अन्तिम चरणमा भएको बताएको छ । अमेरिकाले चीनलाई पानीमा आफ्नो सैन्यीकरण र छिमेकीहरूको जबरजस्ती कम गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस