श्रावण २८ ,पर्सा। गृह मन्त्रालयले पर्साका प्रमुख र सहायक जिल्ला अधिकारी सीडीओ को सरुवा गरेको छ ।
प्रजिअ विष्णुकुमार कार्कीलाई गृह मन्त्रालय र सहायक प्रजिअ ललितकुमार बस्नेतलाई ललितपुर जिल्ला प्रशासन कार्यालयमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार पर्साका नयाँ प्रजिअमा अस्मान तामाङलाई पठाइएको छ । उनी हाल धादिङको प्रमुख जिल्ला अधिकारी थिए । यस्तै सहायक प्रमुख जिल्ला अधिकारीमा मुस्ताङका वेद अर्याललाई पठाइएको छ ।