श्रावण,२८ काठमाडौँ। प्रदेश १ सभा सदस्य कुशुम श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । श्रेष्ठलाई वुधबार कोरोना संक्रमण पुष्टि भएको हो ।
उनी नेकपाका तर्फबाट प्रदेश सभासदस्य निर्वाचित भएकी हुन् । श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएकी छन् । उनले लेखेकी छन, ‘कोभिड १९ को महामारीबाट अछुतो रहन सकिएन ।
२४ गते स्वाब परीक्षण गराएको थिएँ, आज रिपोर्ट पोजेटिभ आएछ । नयनजी र मसँग एक हप्ताभित्र सम्पर्कमा रहनु हुने सम्पूर्ण महानुभाबहरु सचेत र सजग रहनु होला ।