हामी नेपालीहरु धर्म, संस्कार, चाड्पर्व, रीतिरिवाजमा विविधता भएपनि सामाजिक एकतामा बाँधिएर बसेका छौं । हाम्रा विभिन्न पर्वहरुमध्ये श्रीकृश्न जन्माष्टमीलाई पनि एक पर्वकोरुपमा मनाइन्छ र हिजो मात्र श्रीकृश्न जन्माष्टमी पर्व, कोरोनाको कारणले नेपाली परम्परानुसार भब्यरुपमा मनाउने परिस्थिती नमिलेपनि धर्मप्रति आस्था राख्ने मानिसहरुले आ आफ्नै घरमा बसी मनाए तर कहि कतै भने कोरोनाको प्रवाह नगरी विभिन्न मठ मन्दिरमा जमघट भएको पाइयो । वास्तवमा यस्तो संक्रमणको समयमा धर्मको नाममा सचेत नागरिकले भिड भाडमा रमाउनु उपयुक्त होइन र हुदैन पनि ।
यसरी अन्य ठूला ठूला चाडपर्बहरु जस्तै तीज, दशै, तिहार आदि पनि नजिकिदै छन । यस्ता चाडपर्वहरु नजिकिदै गर्दा हाम्रो समाजमा यसै त हुँदा खाने र हुनेखाने बीचको दूरी निकै टाढा छ भने त्यसैमा पनि हुँदाखाने बर्गले समाजमा आफ्नो साख देखाउनकै लागि ऋण काढेर भए पनि रमाइलो त गर्ने तर घाँटी हेरेर हाड निल्नुपर्छ भन्ने उक्तिलाई बिर्सिदिने बानिले गर्दा नै हाम्रो समाजमा बिकृतिको खाडल बढ्दै गएको हो ।
यसै सन्दर्भमा पौराणिक कथा धार्मिक पुस्तक कृश्न चरित्रमा उल्लेख भएनुसार भगवान श्रीकृश्नलाई कंसले अनेक तवरले मार्न खोज्दा पनि नसकेर अन्तमा झुट, लुट र कपटी ब्यबहारको कंस स्वयम् अत्याचारको कसीमा आफै मारिन्छ र सत्यको बिजय हुन्छ भन्नेजस्तो सन्देस दिन खोजिएकोले पनि नेपालको सन्दर्भमा हाम्रा कलियुगका राज्य संचालन गर्ने सरकारलगाएत हरेक निकाएकालाई शासन गर्ने सद्बुद्दी आवस र कृश्नजस्तै न्याय अन्याय छुट्याउन सक्ने धर्मभिरु बन्न सकुन यी आजको राज्य सत्ताका मालिकहरु ! अनि न्याय र अन्यायको तराजु जोखिरंहदा द्र्ब्यमा नबिकोस अदालत ।
जनप्रतिनिधीले अतीतमा जनताको बोर्डबाट दिएको परिक्षालाई मध्येनजर राख्दै भुल्ने काम नगरून् । जनताको त्याग, बलिदान, रगत र पसिनाबाट सिन्चित यो कलिलो गणतन्त्रलाई केही मुठ्ठीभरका नेताहरुले अतीतको निवेक उठाउने नाममा सत्ता, शक्ति र पद नै ठूलो सम्झी आफ्नो राजनैतिक संस्कार, विवेक र नैतिकतालाई धरौटिमा नराखुन । किनकी यसको मूल्य भविश्यले अबश्य निर्धारण गर्नेछ र हाम्रा धार्मिक परम्परा, चाडपर्वहरुले निर्देशित गर्न खोजेको मान्यता पनि यहि हो कि सबैजनाले आ आफ्नो क्षेत्रको नैतिक धरातल मजबुत बनाई राख्यौ भने धार्मिक मान्यताको कसीमा भ्रस्टाचारको गन्ध हराउने हो भने देस बिकास र समृद्दिको लागि किन आइतवार कुर्न पर्दथ्यो र ?