श्रावण २८ , कञ्चनपुर । रुखबाट लडेर घाईते भएकी महाकाली नगरपालिका वडा नम्बर १० बाबाथानकी ३० वर्षीया गन्ना रोकायाको मृ’त्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले रुखबाठ लडेर घाईते भएकी रोकायाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृ’त्यु भएको बताए । रोकायालाई महाकाली अस्पतालमा उपचार सम्भव नभएपछि धनगढी पठाईएको थियो ।