श्रावण २८, कञ्चनपुर । कञ्चनपुरमा करेन्ट लागेर क्वारेन्टिनमा बसेकी युवतीको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ६ को महाकाली माध्यमिक विद्यालयको क्वारेन्टिनमा करेन्ट लागेर २२ वर्षीया राधा वडको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार नुहाउने क्रममा करेन्ट लागेर घाइते भएकी उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । उनका अनुसार उनी श्रीमानसँगै मंगलबार मात्र भारतको बैङ्लोरबाट आएर क्वारेन्टिनमा बसेकी थिइन्।