• २०८१ पुष २९ गते सोमवार

थप ८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, कुल संक्रमित संख्या

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २८, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो संगै कूल संक्रमित संख्या १६ हजार ८०१ जना रहेको छ ।

बितेको २४ घण्टामा थप संक्रमितमा काठमाडौंका ५ र ललितपुरका १ सहित थप ८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १४७ जना संक्रमण निको भएर डिस्चार्ज भएका छन् भने योसँगै डिस्चार्ज हुनेको कूल संख्या ८ हजार ५८९ रहेको छ ।

प्रतिक्रिया दिनुहोस