असार २८, मकवानपुर । मकवानपुर प्रहरीले पल्सर मोटरसाइकलबाट ५ किलो अफिम बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय नेवारपानीको प्रहरी टोलीले पुर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौँडा १९ नेवारपानीमा चेकजाँचका क्रममा मनहरीबाट हेटौँडा तर्फ आउँदै गरेको ना ४३ प ५७८४ नम्बरको मोटरसाइकलबाट ५ केजी अफिम बरामद गरेको हो ।
प्रहरीको चेकिङ टोली देखेपछी उक्त अफिम भएको झोला छाडेर मोटरसाइकलमा सवार जंगल तर्फ भागेको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशिल सिंह राठौँरले बताएका छन । उक्त अफिमको बजार मुल्य ५ लाख भएको र भागेकाको खोजीकार्य भइरहेको प्रहरी उपरीक्षक राठौरले बताएका छन ।