असार २८, कञ्चनपुर । कञ्चनपुरमा मोटरसाईकलको ठक्करबाट श्रीमानश्रीमती घा’ईते भएका छन्। जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर २ को गोकुलपुरमा से ४ प ७९५३ नम्बरको मोटरसाईकलको ठक्करबाट ६५ वर्षीय जगुराम चौधरी र उनकी ६० वर्षीया श्रीमती फगुनी चौधरी गम्भीर घा’ईते भएको प्रहरीले जनाएको छ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार राती एक बजेको समयमा मोटरसाईकलले ठ’क्कर दिदा घा’ईते भएका उनीहरुको टाउको र छातीमा गम्भीर चो’ट लागेको छ। उनीहरुको धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। मोटरसाईकल चालक नरेन्द्र चौधरीलाई नियन्त्रणमा लिईएको छ।