• २०८२ जेष्ठ २ गते बिहिवार

सुदुरपश्चिममा बालक मृत्यु प्रकरणमा १२ जना विरुद्ध किटानी जाहेरी, ९ जना फरार

खगेन्द्र अवस्थी पढ्न लाग्ने समय : १ मिनेट

असार २८, डडेल्धुरा । डडेल्धुरामा खानेपानीको विषयमा भएको झडपका क्रममा बालकको मृ’त्यु भएपछि १२ जना विरुद्ध किटानी जाहेरी परेको छ। जिल्लाको आलिताल गाउँपालिका ६ मा खानेपानीको विषय भएको विवादका क्रममा स्थानीय गणेश महराका ८ वर्षीय छोराको मृ’त्यु भएपछि परिवारले १२ जना विरुद्ध कि’टानी दिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरिक्षक बिरेन्द्र बोहराले मृ’तकका बुवा गणेश महाराले वडा नम्बर ६ कै १२ जना विरुद्ध किटानी जाहेरी दिएको बताए। उनका अनुसार किटानी जाहेरी परेका मध्ये १९ वर्षीय भीम खड्का, ५५ वर्षीय नेरु ओली र ३० वर्षीय टीकाराम ओलीलाई घ’टना स्थलबाटै पक्रा’उ गरिएको थियो। प’क्राउ परेका मध्ये एकजना विरुद्ध जाहेरी नपरेपछि थुनामुक्त भएका छन्। अन्य ९ जनाको भने खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ। खानेपानीको विषयमा विवाद हुँदा भएको झ’डपका क्रममा घाईते भएका बालकको शनिबार उपचारका क्रममा धनगढीमा मृ’त्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस