असार २८, काठमाडौं । उपत्यकामा आज हुने कार्यक्रमहरू निम्न अनुसार रहेको छन ।
१. नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले पेट्रोलियम पदार्थमा गरिएको बारम्बार मुल्य वृद्धिको विरोधमा आयल निगम घेराउ कार्यक्रम गर्ने।
स्थान:-नेपाल आयल निगमको कार्यालय,बबरमहल ।
समय:-११:०० बजे ।
२. नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुर संगठनहरु नेपाल यातायात मजदुर संगठन,नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले बैंक ब्याज,पुनकर्जा,कर लगायत विषयमा र लामो तथा छोटो दुरीमा चल्ने सम्पूर्ण सवारी साधनहरु सुरक्षित रुपमा सञ्चालनको लागि आवश्यक पहलको माग राखि मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाने ।
स्थान:-भौतिक पुर्वधार तथा यातायात मन्त्रालय,सिंहदरबार ।
समय:- नखुलेको
३. कुमार लिङ्देन नेतृत्वको संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च,लक्ष्मण थारु नेतृत्वको थारुहट राष्ट्रिय मोर्चा,आरके खम्बु नेतृत्वको खम्बुवान राष्ट्रिय मोर्चा लगायतका ९ ओटा ‘पहिचानमा आधारित संघीय गठबन्धमा आबद्ध दल तथा संघ संगठनहरुले आ-आफ्नो पहिचान सहितको ब्यानर प्लेकार्ड सहित विरोध प्रदर्शन गर्ने ।
स्थान:-देशभर ।
समय:-नखुलेको ।
४. निजामति कर्मचारीहरूको आधिकारीक ट्रेड युनियनले कर्मचारीहरूको सेवा सुविधा कटौती गरी सरकारले जारी गरेको विधेयकको विरोधमा असार २५ गते देखि श्रावण १५ गते सम्म सबै प्रदेश,जिल्ला विभागस्तरमा संवद्ध सरोकारवालाहरू बीच अन्तर्क्रिया कार्यक्रम गर्ने ।
स्थान:-देशभर ।
समय:-नखुलेको ।
५. अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) उपत्यका समन्वय समितिले भारतले नेपालको भुमी कालापानी , लिपुलेक र लिम्पियाधुरा क्षेत्र माथिको हस्तक्षेप विरुद्ध बैशाख ३१ गते देखि भारतिय नम्बर प्लेटका गाडिहरु सन्चालनमा प्रतिबन्ध लगाउने ।
स्थान : देशभर ।
समय : नखुलेको ।