• २०८२ जेष्ठ २ गते बिहिवार

अमिताभ र अभिषेक बच्चनमा कोरोना संक्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार २८, एजेन्सी । भारतमा कोरोनाको महामारी फैलिएको बेला बलिउड चर्चित अभिनेता अमिताभ बच्चन र अभिनेता अभिषेक बच्चन कोरोना सँक्रमित भएका छन् । शनिबार राती अमिताभको कोरोना रिपोर्ट पोजेटिभ आयो । त्यसपछि अभिषेकको कोरोना परिक्षण गर्दाको उनको पनि शनिबार राती नै कोरोना भाईरस पोजिटिभ देखिएको छ ।

आफुलाई कोरोना सँक्रमण भएको अमिताभले सामाजिक संजाल ट्विटर मार्फत जानकारी शनिबार राती नेपाली समय अनुसार ११ बजेर ८ मिनटमा जानकारी गराएका छन् । कोरोना संक्रमित भएपछि अमिताभलाई शनिबार राती मुम्बईको नानावटी अस्पताल भर्ना गरिएको छ । लकडाउन खुलेपछि अभिनेता अमिताभले कौन बनेका करोडपति सहित अन्य छायाँकन सुरु गरेका थिए ।

सो क्रममा पूर्ण सावधानी अपनाए पनि आफुलाई कताबाट कोरोना सर्यो भन्नेबारे उनी प्रस्ट हुन सकेका छैनन् । त्यसैले आफुसँग सम्र्पकमा आएकाहरुलाई कोरोना भाईरस परिक्षण गर्न उनले अनुरोध गरेका छन् । अमिताभलाई अस्पताल भर्ना गरेको केही समयपछि अभिषेकमा पनि कोरोना भाईरस पोजेटिभ देखिएको हो । अभिषेकको पनि रिपोर्ट पोजेटिभ आएपछि उनलाई शनिबार मध्यराती अस्पताल लगिएको छ । यसरी कोरोना सँक्रमित भएपछि अमिताभ र अभिषेक दुबैजनालाई अस्पताल भर्ना गरिएको हो । तर अभिताभकी पत्नी एवम् अग्रज अभिनेत्री जय भादुडी र अभिनेत्री ऐश्वर्य राय बच्चनको कोरोना टेस्ट नेगेटिभ आएको छ । अभिषेक र ऐश्वर्याकी छोरी आराध्याको कोरोना रिपोर्ट बारे शनिबार मध्यरात पछि पनि खुलाईएको छैन ।

प्रतिक्रिया दिनुहोस