• २०८२ बैशाख २९ गते सोमवार

क्वारेन्टाईनमा रहेका १७४ जनाले मनशान्ति गर्न धलपुराको मन्दिरमा ३ किलो ७०० ग्रामको घण्टा

राजेन्द्र बहादुर रोकाया पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३०, बाजुरा । गौमुल गाउँपालिका वडा नम्वर ५ मा रहेको मानाकोट माध्यामिक विद्यालयको क्वारेन्टाईनमा रहेका व्यक्तिहरुले मन सान्ति गर्न संयुक्तरुपमा ३ किलो ७०० ग्रामको घण्टा चढायका छन ।

गाउपालिकाको मानाकोट माध्यामिक विद्यालय नजिकै रहेको धलपुरा देवताको मन्दिरमो ३ किलो ७०० ग्रामको घण्टा चढाएको नेपालि काँग्रेस जिल्ला कमिटि सदस्य ज्ञान बहादुर रोकायाले बताउनुभयो । रोकायाका अनुसार क्वारेन्टाईनमा रहेका १७४ जना मिलेर संयुक्त रुपमा घण्ट किनेर मन्दिरमा चढाएको हो । क्वोन्टाईनमा रहेका मानिसहरु भारत बाट आएकाहरुले मन शान्तीको लागी घण्टा चडाएको बताउनु भयो ।

विश्वभर कोरोना भाईरस कोभिड १९ महामारिको चपेटामा परिरहेका बेला देविदेउतालाई साँचिराखेर औषधि पनि पत्ता नलागेको अवस्थामा मन शान्ती गर्नको लागि सो काम गरेको क्वारेन्टाईनमा बसेका व्यक्तिहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस