• २०८१ साउन ८ गते मङ्गलवार

थप ४४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, संक्रमित संख्या ५०६२

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३०,काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ४४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो संगै कुल कोरोना संक्रमित संख्या ५०६२ पुगेको छ । कोरोना संक्रमितहरुमा पुरुष ४ हजार ७०९ र महिला ३५३ रहेका छन् ।

विराटनगर अस्पतामा गरिएको परीक्षणमा ९ जना, शिक्षण अस्पतालमा गरीएको परीक्षणमा १० जना, भरतपुर अस्पतालमा भएको परीक्षणमा ८ जना र पाटन अस्पतालमा गरिएको परीक्षणमा धादिङका १ जना, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३१ जना, कोसी अस्पतालमा भएको परीक्षणमा १७ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा ३७ जना र भेरी अञ्चल अस्पताल प्रयोगशालामा १६ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ३२ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा २३, धुलिखेल अस्पतालमा ८ जना, राप्ती स्वास्थय विज्ञान प्रतिष्ठान दाङमा ८ जना, प्रदेशिक अस्पताल प्रयोगशाला सुर्खेतमा ८३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा २४ जनामा पोजेटिभ दखिएको छ । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १ सय ४१ जनाको पोजेटिभ आएको छ ।

अर्खाखाँचीका १ जना पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ।

https://khabar24nepal.com/2020/06/12/35975

प्रतिक्रिया दिनुहोस