• २०८२ जेष्ठ ४ गते शनिवार

दैलेखमा २६ ले जिते कोरोना

Bhawana Hamal पढ्न लाग्ने समय : २ मिनेट

 जेठ ३० दैलेख  दैलेख सदरमुकाम स्थित सरस्वती मा।वी तर्ताङ्गमा निर्माण गरिएको दैलेख अस्पतालको आइसोलेसन बार्डमा उपचाररत मध्य शुक्रबार २२ जनाले कोरोना जिते संगै दैलेखमा २६ ले कोरोना जितेका छन् । शुक्रबार कोरोना जितेकाहरुको दोस्रो पटक गरिएको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार नै डिस्चार्ज गरिएको हो।

कोरोना संक्रमण पुष्टि भएका अधिकाँशले दुई हप्ता र केहीले २० दिनमा कोरोना जितेर घर फर्किएका हुन् । भने कोरोना जित्नेमा जिल्लाको नारायण नगरपालिकाका २० महिने बालक पनि रहेका छन् ।कोरोना जितेर फर्किने सबै भारतबाट आएका हुन् ।

आइसोलेसनमा उपचाररत उनीहरुको पीसीआर रिर्पोट नेगेटिभ आएको र रोगको कुनै लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको दैलेख अस्पतालका प्रमुख डा। निरञ्जन पन्तले जानकारी दिए ।स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड–१९ फोकल पर्सन थीरप्रसाद रेग्मीका अनुसार नारायण नगरपालिका वडा नम्बर २ का २१ र ४१ वर्षीय पुरुष, वडा नम्बर ३ का १९, ३०, ३० र ३० वर्षीय पुरुष, वडा नम्बर ४ का २० महिनाको बालक, २५, २५ र ४० वर्षीय पुरुषले कोरोना जितेका हुन् । रेग्मीका अनुसार वडा नम्बर ६ का २७ वर्षीय पुरुष, वडा नम्बर ८ का २०, २० र २८ वर्षीय पुरुष, वडा नम्बर ९ का २० र ५० वर्षीय पुरुषले कोरोना जितेका हुन् ।

त्यसैगरी वडा नम्बर १० का १७, १७, २० र २३ वर्षीय पुरुष र वडा नम्बर ११ का १८ र २७ वर्षीय पुरुषले कोरोना जितेको फोकल पर्सन रेग्मीले बताए ।डिस्चार्ज भएकालाई दैलेख अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोमन शर्मा, नारायण नगरपालिका–१ का वडाध्यक्ष तिर्थनारायण श्रेष्ठ लगायत अस्पतालका स्वास्थ्यकर्मीले खादा ओढाएर पुष्पगुच्छा दिएर बिदाइ गरे । घर फर्किने क्रममा उनीहरुले उपचारमा खटिएका सबै चिकित्सकलाई धन्यवाद दिँदै आत्मबल बढाएर कोरोनालाई सहजै जित्न सकिने बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस