विस्वमा रहेका यस्ता करिब १७ वटा रास्ट्रहरु छन जसले स्वतन्त्रता दिवस मनाउदैनन ती मध्ये स्वतन्त्रता दिवस नमनाउने रास्ट्र नेपाल पनि हो । किनकी नेपाल कहिलै कसैको अधिनमा रहेन न त कसैको गुलामी नै बन्यो ।
वीर पुर्खाहरुले आर्ज्यको मुलुक बृटिश साम्राज्यबादीहरुको अगाडि भारतले त घुडा टेक्यो भने तर नेपाललाइ बृटिशले कहिलै दास बनाउन सकेन । तसर्थ यो एमसीसीको विवादमा ब्यर्थमा नअल्झिउं । प्रधानमन्त्रीलाई पनि बाध्यकारी घेरामा पार्न खोजिएको छ। तर उनले पनि यो निर्णयमा आफू अघि नबढी सर्वोच्ताको पगरी गुंथेको संसदलाइ जिम्मा दिदैछन । भलै सरकारको गल्ती भुइमा खस्न नपाउदै माइतिघर लगायत काठमान्डौंका सडकमा भिडको नाइके बन्ने र बन्न उक्साउने, कोरोनासंग पनि नडराउने वीर योद्दाहरु हो जो आफ्नो अतीत भुलेर सदनमा कन्ठस्थ आवाज बुलन्द गरी बिगतको क्यान्सर रोग पनि यो सरकारलाइ सार्दैछौ । तर किन एमसीसीको बारेमा एक शब्द पनि बोल्दैनौ ?
कागले कान लग्यो भनेर पछि दौडिने कि पहिला कान छाम्ने । सुझौ, बुझौ , अर्ति दिन र बिरोध गर्न सजिलो छ तर ब्यबहारमा उतार्न धेरै गार्हो छ किनकी अहिलेको सजिलो पेशा भनेको अनाबश्यक कुराहरुको शब्द जाल बुन्ने र प्रत्येक शब्दको मूल्य बढाइ सामाजिक सन्जालमा भ्रमको खेती गर्ने नै हो ।
बर्षौंदेखिको सीमा नाकाबारे त बाध्य भयौ बोल्न, अनि खोइ एमसीसीको बारेमा भिम रावलजस्तै कुर्लेको ? कता गए तिम्रा रास्ट्रबाद ? सरकारको महालेखा परिक्षकको कार्यालयले सरकारको खर्चको फेहरिस्त अबश्य गर्नुपर्छ यदि खर्च विवरण देखाउन नसके जनताको दवाब अबश्य पर्नेछ त्यसमा दुई मत छैन तर संसदमा दुई मिनट खोक्रो रास्ट्रवाद देखाउदैमा अतीतको पाप पखालिदैन महाशय । लासको लिस्नो चढी सत्ताको स्वाद चाख्दा संन्सारका शासकहरुको नीद हराम भएको छ ।
त्यसैले कोरोना बिरुद्दको लडाइमा सरकारले अझ ब्यबस्थित क्वारेन्टाइन बनाओस, पिसिआर टेस्टको दायरा बढाओस, एमसीसीलाइ थाती राखि स्वदेस फर्कदै गरेका नेपालीतिर विशेष ध्यान जाओस, सीमा सम्बन्धमा चालिएको कदमलाइ अझ प्रभावकारी बनाइयोस , लकडाउन हल्का खोल्न बाध्य बनाइएता पनि कोरोनाको मुख्य प्रतिरोध भनेको लकडाउन, सामाजिक दुरी कायम, उचित आहार, साबुन पानीले समय समयमा हात धुने नै हो । कतै हामी जनता पनि कोरोनाको कहरसंगै अतीत सम्झिने हो भने रोम जलिरंहदा नीरले बांसुरी बझाइरहेको एकांकी नाटकमा त मन्त्रमुग्ध छैनौं ? अनि ग्रीस र इटालीका जनता जस्तै रुन नपरोस । सरकारलाइ पनि चाहिदो कुरामा सपोर्ट गरी नचाहिदो कुरामा बिरोध गरौ तर भिडभाडमा सेलिब्रेटी भाइरल बनेर होइन ।
हामी स्वतन्त्र रास्ट्रका स्वाभिमानी नेपाली भएकोले सामाजिक सन्जालमा पहिलो बन्न खोजेर फैलाइएको खोपाको स्याउ, चर्पिको हाउको पछि नलागौं , तर्कको आधारमा नभइ तथ्यको आधारमा विश्लेषण गरौं । अनि एउटा कुरा सम्झिनुहोस कि जबसम्म दलिय संकुचित भावनाको कटुता दिमागमा राखि सुगा रेटाइ गरि बिज्ञ ब्यक्तिहरु या कुनैले अतितको गलत फिगरहरुद्वारा वर्तमानको सामाजिक सन्जालमा रङ्गाउने कोसिस गर्छन तबसम्म देशले निकास पाउंदैन र अब पनि कहिले पाउने ? कागले कान लग्यो भनेर पछि दौडिने कि पहिला कान छाम्ने । सुझौ, बुझौ , अर्ति दिन र बिरोध गर्न सजिलो छ तर ब्यबहारमा उतार्न धेरै गार्हो छ किनकी अहिलेको सजिलो पेशा भनेको अनाबश्यक कुराहरुको शब्द जाल बुन्ने र प्रत्येक शब्दको मूल्य बढाइ सामाजिक सन्जालमा भ्रमको खेती गर्ने नै हो । यो कुरा सबै सचेत नेपालीले बुझ्न जरुरी छ ।