• २०८१ माघ २ गते बुधवार

पर्सामा निषेधाज्ञा जारी, सेना परिचालनको निर्णय

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ३०, काठमाडौं । पर्सामा मंगलबारमात्रै ३९ जनामा कोरोनाभाइरसको पुष्टि भएसँगै संक्रमण थप फैलिन नदिनका लागि जिल्ला प्रशासनले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापनलाइर् प्रभावकारी बनाउन कडा कदम चालेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीको अध्यक्षतामा जिल्ला सुरक्षा समितिको बैठक बसी मंगलबार साँझ ८ बजेदेखि लागू हुने गरी जेठ ५ गते मध्यरातिसम्मको लागि निषेधाज्ञा जारी गरेको छ ।

निषेधाज्ञाको समयमा खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, भन्सार, आईसीपी, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स र औषधिजस्ता अति आवश्यक सेवा सञ्चालन गर्न पाइने छ । तर पसल, उद्योग, व्यवसाय र सेवा बन्द गर्ने गर्नुपर्नेछ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले प्रयोग गर्ने बाहेक सबै सवारीसाधन बन्द गर्ने निर्णय गरेको छ । यस्तै उपचारबाहेक अन्य अत्यावश्यक काममा बाहेक घरबाहिर निस्कन निषेध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस